NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

कतारी राजाको बिहानैदेखि व्यस्त सेड्युल, आजै २ बजे स्वदेश फर्कंने

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा आएका कतारका राजा शेख तमिम बिन हमाद अल थानी बुधबार बिहानैदेखि विभिन्न भेटवार्तामा सरिक हुँदैछन् ।भेटवार्ता र सहमति, समझदारी गरेर उनी आजै स्वदेश फर्कंदैछन् ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुका साथै उनले आयोजना गरिको रात्रिभोजमा सरिक भएका थानीले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दैछन् । दुईबीच बिहान १०ः३५ मा होटेल सोल्टीमा ४५ मिनेट औपचारिक वार्ता हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

थानीको नेपाल भ्रमणका क्रममा नेपाल र कतारबीच विभिन्न समझदारी तथा सम्झौता गर्ने सेड्युल पनि छ । त्यसका लागि ११ः२० बजेको समय तोकिएको छ ।

कतारी अमिर थानी प्रधानमन्त्री पु्ष्पकमल दाहालले उनको सम्मानमा दिने दिवाभोजमा पनि सरिक हुँदैछन् । दिवाभोज मध्याह्न १२ बजे होटल द्वारिकाजमा हुँदैछ ।

दिवाभोजमा सहभागीपछि उनी आजै दिउँसो २ बजे स्वदेश फर्कंनेछन् । थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा मंगलबार दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका थिए ।