NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

कतिबेलाबाट सुरु हुन्छ उपनिर्वाचनको मतगणना ?

काठमाडौं । इलाम २ र बझाङ १ (क) मा शनिबार सम्पन्न उपनिर्वाचनको मतगणना सुरु गर्ने तयारी गरिएको छ । शनिबार सम्पन्न निर्वाचनको मतपेटिका संकलन गर्न समय लागेपछि दुवै स्थानमा आइतबार मतगणना गर्ने तयारी गरिएको हो ।

इलाम २ मा अहिले बिहान ७ बजे सर्वदलीय बैठक आह्वान गरिएको थियो । उक्त बैठकले अहिले बिहान ११ बजेबाट मतगणना सुरु गर्ने सहमति गरेको छ ।  मतगणना इलाम सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा हुनेछ ।

इलाम क्षेत्र नम्बर २ मा १ लाख १५ हजार ८८९ मतदाता रहेकोमा शनिबार सम्पन्न उपनिर्वाचनमा ६९ हजार २८७ मतदाताले मात्र मतदान गरेका थिए ।

उता, बझाङमा भने अझै साइपाल, दुलीलगायत स्थानबाट मतपेटिका ल्याउन बाँकी छ । ती स्थानको मतपेटिका ल्याइसकेपछि मतगणना सुरु गर्ने तयारी छ । त्यसका लागि अहिले बिहान ८ बजे त्यहाँ सर्वदलीय बैठक बोलाइएको छ ।

शनिबार सम्पन्न बझाङ १ (क) को उपनिर्वाचनमा ३० हजार ३२८ मत खसेको छ ।