कतिबेलाबाट सुरु हुन्छ उपनिर्वाचनको मतगणना ?
काठमाडौं । इलाम २ र बझाङ १ (क) मा शनिबार सम्पन्न उपनिर्वाचनको मतगणना सुरु गर्ने तयारी गरिएको छ । शनिबार सम्पन्न निर्वाचनको मतपेटिका संकलन गर्न समय लागेपछि दुवै स्थानमा आइतबार मतगणना गर्ने तयारी गरिएको हो ।
इलाम २ मा अहिले बिहान ७ बजे सर्वदलीय बैठक आह्वान गरिएको थियो । उक्त बैठकले अहिले बिहान ११ बजेबाट मतगणना सुरु गर्ने सहमति गरेको छ । मतगणना इलाम सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा हुनेछ ।
इलाम क्षेत्र नम्बर २ मा १ लाख १५ हजार ८८९ मतदाता रहेकोमा शनिबार सम्पन्न उपनिर्वाचनमा ६९ हजार २८७ मतदाताले मात्र मतदान गरेका थिए ।
उता, बझाङमा भने अझै साइपाल, दुलीलगायत स्थानबाट मतपेटिका ल्याउन बाँकी छ । ती स्थानको मतपेटिका ल्याइसकेपछि मतगणना सुरु गर्ने तयारी छ । त्यसका लागि अहिले बिहान ८ बजे त्यहाँ सर्वदलीय बैठक बोलाइएको छ ।
शनिबार सम्पन्न बझाङ १ (क) को उपनिर्वाचनमा ३० हजार ३२८ मत खसेको छ ।
ताजा अपडेट
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक


प्रतिक्रिया