बझाङ उपनिर्वाचन : एमालेका भण्डारी विजयी
चैनपुर । बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् ।
भण्डारी ११ हजार छ सय १२ मत प्राप्त गरी विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भण्डारीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार तीन सय ४६ मत प्राप्त गरेको जानकारी दिए ।
साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार नौ सय ६७ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का दिलबहादुर सिंहलाई दुई हजार पाँच सय १३ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृत लामिछानेले बताए ।
ताजा अपडेट
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक


प्रतिक्रिया