NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

बझाङ उपनिर्वाचन : एमालेका भण्डारी विजयी

चैनपुर । बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् ।

भण्डारी ११ हजार छ सय १२ मत प्राप्त गरी विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भण्डारीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार तीन सय ४६ मत प्राप्त गरेको जानकारी दिए ।

साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार नौ सय ६७ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का दिलबहादुर सिंहलाई दुई हजार पाँच सय १३ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृत लामिछानेले बताए ।