NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

इलाममा जीप खस्यो, एक जनाको मृत्यु, एक गम्भीर घाइते

इलाम । बुधबार बिहान इलाममा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मारुती भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दीपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले बताए ।

भ्यानमा सवार इलाम नगरपालिका–५ निवासी २६ वर्षका विश्वास राई गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि झापा पठाइएको प्रहरी नायब उपरीक्षक जवेगूले जानकारी दिए ।

झापाबाट इलाम आउँदै गरेको मे१ज ३२६३ नम्बरको भ्यान मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–४ बाइखोरमा दुर्घटना भएको हो । भ्यान राजगमार्गबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष