डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा धादिङका दुई जनाको मृत्यु
डडेल्धुरा । डडेल्धुरामा गएराति ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–४, सिरोडको भित्री सडकमा बागमती प्रदेश०१–००१क ९६५१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको उक्त कार्यालयका सूचना अधिकारी कुसुम नायकले बताए ।
उनीहरूको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । धादिङको रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदीप विक र डडेल्धुरा नवदुर्गा गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन् । नीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया