ललितपुरको एक टहरोमा आगलागी
काठमाडौं । ललितपुरको एक टहरोमा आगलागी भएको छ ।
ललितपुर महानगरपालिका वडा नम्बर १७ स्थित एक टहरोमा आइतबार आगलागी भएको हो । मोबिल स्टोर भएको उक्त टहरोमा आलगागी हुँदा तीन जना बालबालिकासहित ५ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जनकारी दिए ।
उनका अनुसार केहीबेर अघि भएको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ । किस्ट हस्पिटल नजिकै पर्ने स्थानीय बाफल भन्ने स्थानमा भएको आगलागी नियन्त्रणका लागि दमकलसहित कमेकिलको समेत प्रयोग गरिएको उनको भनाइ छ ।
प्रहरीका अनुसार घाइते भएकाहरु दम्पत्ति र उनीहरुको बालबच्चा रहेको प्रारम्भिक जानकारीबाट खुलेको छ । घाइतेमा ३ वर्षकी प्रिया गिरी, ८ वर्षकी एसिला गिरी, १५ वर्षका मीत गिरीका साथै दम्पत्ति सञ्जय गिरी र रुपा गिरी रहेका छन् ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया