तरकारीमा विषादीको प्रयोग बढी
चितवन । जिल्लामा रहेका तरकारी बजारमा आउने तरकारीमा विषादीको प्रयोग बढी हुने गरेको पाइएको छ ।
कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलका अनुसार यहाँ आएका फर्सी, भिन्डी, बोडी, टमाटर, भण्टा, काँक्रो, घिरौलालगयत तरकारीमा विषादीको प्रयोग हुने पाइएको हो ।
कँडेलका अनुसार कतिपय तरकारी अत्यधिक विषादीको प्रयोगका कारण उपभोग गर्न नहुने अवस्थामा पाइएको छ । उनले भने, “कार्बामेट र अर्गाना फस्फेटको मात्रा परीक्षणका क्रममा अत्यधिक देखिएको छ ।” उनका अनुसार यी दुवै तत्व तरकारीमा ३५ प्रतिशतभन्दा बढी भएमा उपभोग गर्न अयोग्य हुने र ४५ प्रतिशतभन्दा बढी भए नष्ट गर्नुपर्ने अवस्था हुन्छ ।
कृषि विकास कार्यालय मातहतमा रहेको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणका क्रममा जिल्लामा बिक्रीका लागि ल्याइएका तरकारीमा विषादीको अत्यधिक प्रयोग हुने गरेको पाइएको हो ।
महानगर फलफूल तथा तरकारी थोकबजार, रत्ननगर, चनौली, भण्डारालगायत क्षेत्रमा बिक्रीका लागि ल्याइएका तरकारीमा विषादीको प्रयोग भेटिएको हो । जिल्लामा रहेका तीन सय ७४ वटा एग्रोभेटबाट विषादी बिक्री वितरण हुने गरेको उनले बताए ।
तरकारी र कृषिजन्य उत्पादनका लागि ती एग्रोभेटहरुले रोग नासक, कीरा नासन र भिटामिनको प्रयोग अत्यधिक हुने गरेको छ । उनका अनुसार विषादीको मात्रा, विषादीको प्रयोगको समय, विषादीको लेवल हेरेर मात्र प्रयोग गर्नुपर्ने हुन्छ । तीन वटा विषादीको प्रयोग एकैपटक गर्दा मानिसको स्वास्थ्यसँगै उत्पादन र जमिनमा असर गर्ने उनले बताए ।
विषादीको प्रयोग अत्यधिक हुन थालेसँगै जनगुनासो बढेपछि कार्यालयले नियमन तथा अनुगमन गरी व्यवसायीलाई सचेत गराउँदै आएको उनले बताए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया