जसपा फुटले सत्ता गठबन्धनमा तरंग
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजनले राजनीति तरंगित बनेको छ । सांसद अशोक राईको नेतृत्वमा ७ जना सांसद र २९ जना केन्द्रीय सदस्यसहित जसपा नेपालबाट अलग भएर नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) प्रस्ताव गरिएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका वेला पार्टी विभाजनको निर्णय भएको हो। यो टिमले राजेन्द्र श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका थिए। उनी जसपामा कावा अध्यक्ष थिए ।
सपाका हाल प्रतिनिधिसभामा १२ सांसद छन्। नयाँ दलमा अशोक राई, प्रदीप यादव, सुशीला श्रेष्ठ, रन्जु झा, वीरेन्द्र महतो, बहालवाला वनमन्त्री नवलकिशोर साह सुडी र समानुपातिक सांसद हसिना खान पार्टी विभाजनमा लागेका छन् । २९ जना केन्द्रीय समिति प्रस्ताव गरिएको छ। उपेन्द्र यादबको कार्यशैली राम्रो नभएकाले पार्टी विभाजन गर्नुपरेको सांसद प्रदीप यादबले बताए ।
पार्टी विभाजनले सत्ता गठबन्धनमा असर पर्न सक्ने बताइन्छ । जसपा सत्ता गठबन्धनमा रहेको दल हो । यद्यपी सांसद यादबले नयाँ पार्टी सत्ता गठबन्धनमै रहने जानकारी दिए ।
पछिल्लो समय गठबन्धन दलभित्रै बढेको अविश्वास बढीरहेका बेला जसपा विभाजन भएको हो । यसमा प्रधानमन्त्री प्रचण्डको समेत सहयोग रहेको बताइएको छ ।
ताजा अपडेट
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक


प्रतिक्रिया