सभामुखले बोलाए दलका शीर्ष नेतालाई छलफलमा
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । छलफल अहिले बिहान ११ः३० बजेका लागि तय छ ।
संघीय संसदको बजेट अधिवेशनलाई प्रभावकारी ढंगले अघि बढाउनेसम्बन्धमा छलफल गर्न सभामुख घिमिरेले दलका शीर्ष नेताको बैठक बोलाएका हुन् । अघिल्लो अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाही हुनुपर्ने माग राखेर संसदमा अवरोध गरेपछि यसका काम–कारबाही प्रभावित भएका थिए । संघीय संसदको बजेट तथा बर्खे अधिवेशन यही वैशाख २८ गतेबाट सुरु हुँदैछ ।
सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाइएको छ ।
ताजा अपडेट
-
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी
-
एनपीएलका सबै खेलले पाए आईसीसीको आधिकारिक मान्यता
-
लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
-
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
-
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो


प्रतिक्रिया