चट्याङ लागेर बालकको मृत्यु, ६ जना घाइते
अछाम । चट्याङ लागेर अछाममा एक बालकको मृत्युु भएको छ । जिल्लाको रामारोशन गाउँपालिका–७, मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको सोमबार राति हुरीबताससँगै परेको चट्याङले मृत्यु भएको हो ।
रामारोशन गाउँपालिका–७ का पूर्ववडाध्यक्ष खड्कबहादुर भण्डारी चट्याङले एकै परिवारका तीन जना घाइते हुनुका साथै घरसमेत नष्ट भएको जानकारी दिए ।
यसैबीच, डडेल्धुरामा पनि चट्याङ लागेर एकै परिवारका तीन जना घाइते भएका छन् । घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् ।स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया