चट्याङ लागेर बालकको मृत्यु, ६ जना घाइते
अछाम । चट्याङ लागेर अछाममा एक बालकको मृत्युु भएको छ । जिल्लाको रामारोशन गाउँपालिका–७, मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको सोमबार राति हुरीबताससँगै परेको चट्याङले मृत्यु भएको हो ।
रामारोशन गाउँपालिका–७ का पूर्ववडाध्यक्ष खड्कबहादुर भण्डारी चट्याङले एकै परिवारका तीन जना घाइते हुनुका साथै घरसमेत नष्ट भएको जानकारी दिए ।
यसैबीच, डडेल्धुरामा पनि चट्याङ लागेर एकै परिवारका तीन जना घाइते भएका छन् । घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् ।स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया