NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

उपेन्द्र यादव समूह आज अदालत जाँदै

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी (जसपा) पार्टी विभाजनविरुद्ध अदालत जाने भएको छ ।

जसपाका प्रवक्ता मनिष सुमनले बुधबार बस्ने पार्टी केन्द्रीय कार्यकारिणी समितिबाट औपचारिक निर्णय गराएर कानूनी उपचारका लागि अदालत जाने जानकारी दिए ।

उपप्रधान तथा स्वास्थ्य मन्त्रीसमेत रहेका जसपा अध्यक्ष यादव एक कार्यक्रममा सहभागिताका लागि अमेरिकामा रहँदा पार्टी उपाध्यक्ष अशोक राईले सात सांसद लिएर जसपा विभाजन गरेका थिए । जसपाबाट विभाजन भएर बनेको नयाँ दललाई निर्वाचन आयोगले मान्यतासमेत दिइसकेको छ ।

उपेन्द्र यादव समूहले भने यो फुटलाई कानूनविपरीत भएको जिकिर गरेको छ ।  बहुमत केन्द्रीय सदस्य संस्थापन समूहसँगै रहेको तथा दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएको स्थितिमा गरिएको विभाजन असंगत रहेको यो पक्षको भनाइ छ । यही दलील पेश गर्दै यो समूह पार्टी विभाजनविरुद्ध अदालत जान लागेको हो ।

उपेन्द्रले तत्काल सरकार नछाड्ने

उपेन्द्र यादवको पार्टी विभाजनमा सत्तासाझेदार दलकै भूमिका रहेको चर्चा राजनीतिक वृत्तमा छ । उपेन्द्रले अहिलेको गठबन्धन छाडेर नयाँ गठबन्धन निर्माणमा जुटेको र त्यसको प्रतिक्रियास्वरूप प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीले उनको दल नै विभाजित गराइदिएको बताइन्छ ।

सत्तासाझेदार दलकै संलग्नतामा जसपामा विभाजन ल्याइएकाले उपेन्द्र यादव अमेरिकाबाट फर्केलगत्तै सरकारबाट बाहिरिने आकलन गरिएको थियो । तर तत्काल उनी सरकारबाट नबाहिरिने भएका छन् । मंगलबार अमेरिकाबाट फर्किएका उनले राजनीतिक घटनाक्रमको विश्लेषण गरेर मात्र थप कदम चाल्ने बताएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष