एउटा सरकार हुँदाहुँदै कोशीमा अर्को सरकार गठनको आह्वान, अदालत जाने तयारीमा मुख्यमन्त्री
काठमाडौं । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति उनले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयबाट बुधबार राति जारी विज्ञप्तिमा नयाँ सरकार गठनका लागि यही वैशाख २८ शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिइएको छ ।
“संविधानबमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेशसभाका कुनै सदस्यलाई मिति २०८१ साल वैशाख २८ गते शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गर्नुभएको छ,” प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।
कोशीमा हाल केदार कार्की मुख्यमन्त्री छन् । उनको सरकार हुँदाहुँदै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
२७ असोजमा मुख्यमन्त्री बनेका कार्कीलाई दिएको समर्थन गत चैत २६ गते एमाले र माओवादी केन्द्रले फिर्ता लिएका थिए । संविधानअनुसार उनले एक महिना अर्थात् वैशाख २६ गतेभित्र विश्वासको मत लिनुपर्ने थियो । तर उनी प्रदेशसभामा आवश्यक संख्या नपुग्ने देखेपछि विश्वासको मत नलिने मनस्थितिमा पुगेका थिए ।
कार्कीले विश्वासको मत नलिएकाले नयाँ सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको भनाइ छ । तर मुख्यमन्त्री कार्कीले एउटा सरकार हुँदाहुँदै अर्को सरकार गठनका लागि आह्वान गरिएको भन्दै कानूनी उपचारमा जाने बताएका छन् ।
ताजा अपडेट
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक


प्रतिक्रिया