सोलुखुम्बुमा ‘महिनावारी स्वच्छता’ अभियान सुरु
सल्लेरी । हिमाली जिल्ला सोलुखुम्बुमा ‘महिनावारी स्वच्छता’ अभियान सुरूआत भएको छ ।
सोलुदुधकुण्ड नगरपालिका–६ थातिङमा आज अभियानको सुरुआत गर्दै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले महिनावारी अभिसाप नभई बरदान भएकाले लजाउनु वा धक मान्नुपर्ने विषय नभएको बताइन् ।
उनले अब घरघरमा महिनावारीका विषयमा सचेता जगाउनुपर्ने र त्यसमा सबै सरोकारवालाको साथ अपरिहार्य रहेको उनको भनाइ छ । “महिनावारी महिलाको स्वास्थ्यसँग जोडिएको प्राकृतिक प्रक्रिया हो । त्यसैले यसको नाममा महिलालाई छाउबार्न, घरभन्दा टाढा बस्न बाध्यपर्ने काम गर्नुहुँदैन । त्यसले निम्त्याउने जोखिमका बारेमा हामी सबै जानकार नै छ”, उनले भनिन्,“अब महिनावारीको समयमा सरसफाइ तथा स्वच्छतामा ख्यालगरी यो प्रथालाई त्याग्न जरूरी छ ।” उनले अब महिनावारी शिक्षालाई ग्रामीणस्तरसम्म पुर्याउन सबै लाग्नुपर्नेमा जोड दिइन् ।
आयोजक संस्था सामाजिक संस्था ‘द स्मल वल्र्ड (टिएसडब्यू) का कार्यकारी निर्देशक सोनाम डोका शेर्पाले प्रजनन स्वास्थ्य महिलाको अधिकारभएकाले यसबारे खुलेर कुरा गर्न आग्रह गरिन् ।
उनले महिला र महिनावारीविना सृष्टि अधुरो हुने भएकाले महिनावारीलाई उत्सवको रूपमा लिनुपर्ने उनको भनाइ छ । दुई सप्ताहसम्म चल्ने अभियानका क्रममा जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया