कांग्रेस पदाधिकारी बैठक जारी, संसदको गत्यावरोध मुख्य एजेण्डा
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले बसिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको आह्वानमा उनको निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बसेको हो ।
संसदमा विकसित नयाँ घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको कांग्रेसका एक नेताले जानकारी दिए ।
प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएकोमा कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने माग राख्दै संसद अवरोध गरेको थियो । यसअघिको संसदको अधिवेशनमा पनि कांग्रेसले यही माग राखेर ससदको गतिविधिमा अवरोध गरेको थियो ।
उता लामिछानेले भने आफूमाथि लागेका अभियोगबारे संसदमा बोल्न दिनुपर्ने माग राखेका छन् । बजेट अधिवेशन सुरुअघि सभामुख देवराज घिमिरेले डाकेको संसदमा प्रतिनिधित्व गर्ने शीर्ष दलका नेताको बैठकमा कांग्रेसले आफ्ना नेता बोलेपछि लामिछानेलाई पनि बोल्न दिने सहमति गरेको थियो । तर अधिवेशनको पहिलो दिन शुक्रबार पूर्वप्रतिबद्धताविपरीत कांग्रेसले अवरोध गरेपछि कतिपयले संसदीय आचरणविपरीत कार्य भएको भन्दै कतिपयले कांग्रेसको आलोचना गरिरहेका छन् ।
ताजा अपडेट
-
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी
-
एनपीएलका सबै खेलले पाए आईसीसीको आधिकारिक मान्यता
-
लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
-
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
-
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो


प्रतिक्रिया