कांग्रेस पदाधिकारी बैठक जारी, संसदको गत्यावरोध मुख्य एजेण्डा
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले बसिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको आह्वानमा उनको निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बसेको हो ।
संसदमा विकसित नयाँ घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको कांग्रेसका एक नेताले जानकारी दिए ।
प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएकोमा कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने माग राख्दै संसद अवरोध गरेको थियो । यसअघिको संसदको अधिवेशनमा पनि कांग्रेसले यही माग राखेर ससदको गतिविधिमा अवरोध गरेको थियो ।
उता लामिछानेले भने आफूमाथि लागेका अभियोगबारे संसदमा बोल्न दिनुपर्ने माग राखेका छन् । बजेट अधिवेशन सुरुअघि सभामुख देवराज घिमिरेले डाकेको संसदमा प्रतिनिधित्व गर्ने शीर्ष दलका नेताको बैठकमा कांग्रेसले आफ्ना नेता बोलेपछि लामिछानेलाई पनि बोल्न दिने सहमति गरेको थियो । तर अधिवेशनको पहिलो दिन शुक्रबार पूर्वप्रतिबद्धताविपरीत कांग्रेसले अवरोध गरेपछि कतिपयले संसदीय आचरणविपरीत कार्य भएको भन्दै कतिपयले कांग्रेसको आलोचना गरिरहेका छन् ।
ताजा अपडेट
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक


प्रतिक्रिया