NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

प्रधानमन्त्री र कांग्रेस नेताबीच छलफल जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस नेताबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल चलिरहेको छ ।

दुई पक्षबीच जारी छलफल नेपाली कांग्रेसले संसदमा गरिरहेको अवरोधको विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको आरोप लगाउँदै अघिल्लो अधिवेशनदेखि नै संसद् अवरोध गर्दै आएको नेपाली कांग्रेसले शुक्रबारबाट सुरु बजेट अधिवेशनमा पनि त्यसलाई जारी राखेको छ ।

कांग्रेसको अवरोधले सरकारको नीति तथा कार्यक्रम, बजेट घोषणालगायत कार्यमा अवरोध पुग्ने देखेपछि प्रधानमन्त्रीले जारी गत्यावरोध हल गर्न प्रयास थालेका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष