प्रधानमन्त्री र कांग्रेस नेताबीच छलफल जारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस नेताबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल चलिरहेको छ ।
दुई पक्षबीच जारी छलफल नेपाली कांग्रेसले संसदमा गरिरहेको अवरोधको विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको आरोप लगाउँदै अघिल्लो अधिवेशनदेखि नै संसद् अवरोध गर्दै आएको नेपाली कांग्रेसले शुक्रबारबाट सुरु बजेट अधिवेशनमा पनि त्यसलाई जारी राखेको छ ।
कांग्रेसको अवरोधले सरकारको नीति तथा कार्यक्रम, बजेट घोषणालगायत कार्यमा अवरोध पुग्ने देखेपछि प्रधानमन्त्रीले जारी गत्यावरोध हल गर्न प्रयास थालेका हुन् ।
ताजा अपडेट
-
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी
-
एनपीएलका सबै खेलले पाए आईसीसीको आधिकारिक मान्यता
-
लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
-
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
-
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो


प्रतिक्रिया