उपेन्द्र यादबले सरकार छाड्दै, मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रधानमन्त्री
काठमाडौं । उपेन्द्र यादब नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले सरकार छाड्ने भएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेपछि यादबले सरकार छाड्ने तयारी गरेका हुन् । यादब सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् ।
गत साता जसपा नेपाल फुटेर अर्काे जसपा बनेको छ । अशोक राई नेतृत्वको सो दललाई सरकारमा ल्याएर प्रधानमन्त्रीले उपेन्द्रलाई हटाउने तयारी गरेका छन् । यही हप्ताभित्र मन्त्रिपरिषद् पुर्नगठन हुने बालुवाटार स्रोत बताउँछ ।
हाल उपेन्द्रको दलबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् । वनमन्त्री रहेका नवलकिशोर साह सुडी अशोक राईतर्फ लागेका छन् । वनराज्यमन्त्री दीपक कार्की भने उपेन्द्रसँगै छन् ।
स्रोतका अनुसार नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा ल्याइने सम्भावना छ । त्यस्तै, सिके राउत नेतृत्वको जनमत पार्टीलाई पनि सहभागी गराउन लागिएको छ । जसअनुसार एमाले र माओवादीका केही मन्त्रीहरु समेत हट्न सक्ने सम्भावना छ ।
उपेन्द्रलाई हटाउने रणनीति अन्र्तगत नै मधेस प्रदेश सरकारबाट एमाले र माओवादी आइतबार बाहिरिएका छन् ।
ताजा अपडेट
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ


प्रतिक्रिया