कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौं अधिवेशन अहिले बिहान ११ बजे बस्ने गरी आह्वान गरेका छन् । कोशी प्रदेश सरकारको ०८१ वैशाख २७ को सिफारिस अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उनले उक्त आह्वान गरेका हुन् ।
कोशी प्रदेशसभा सचिवालयले आजदेखि सुरु हुन लागेको पाँचौं अधिवेशनको पहिलो बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेको जनाएको छ ।
यही वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त कार्कीले सोही दिन साँझ पद तथा गोपनीयताको शपथ लिएका थिए । उनलाई नेकपा (एमाले) का ३९, नेकपा (माओवादी केन्द्र) का १३ सहित ५२ प्रदेशसभा सदस्यको साथ र समर्थन रहेको छ ।
आजको बैठकमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम तथा कोशी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठकको कार्य सूची छ ।
ताजा अपडेट
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ


प्रतिक्रिया