अब कांग्रेसले गिरिबन्धु टी स्टेटको मुद्दा पनि संसदमा उठाउने
काठमाडौं । सहकारी ठगी प्रकरणमा रवि लामिछाने मुछिएको दाबी गर्दै यसमाथि संसदीय छानबिन हुनुपर्ने माग राख्दै आएको नेपाली कांग्रेसले झापास्थित गिरीबन्धु टी स्टेटको मुद्दालाई पनि संसदको एजेण्डा बनाउने भएको छ ।
मंगलबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले गिरीबन्धुको विषय पनि संसदमा उठाउने निर्णय गरेको हो ।
बैठकमा सहभागी कांग्रेसका एक सांसदले सहकारी ठगी प्रकरणको छानबिनसँगै गिरिबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्ने तत्कालीन सरकारको निर्णयविरुद्ध पनि अब कांग्रेसले संसदमा आवाज उठाउने बताए ।
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गिरिबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्न दिने निर्णय लिएको थियो । यसविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेकोमा सर्वोच्च अदालतले त्यसलाई हालै खारेज गरिदिएको छ ।
यो प्रकरणमा राजनीतिक नेतृत्व मौन देखिएको भनेर आलोचना चुलिरहेका बेला कांग्रेसले यसलाई पनि उठाउने निर्णय लिएको हो ।
ताजा अपडेट
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने


प्रतिक्रिया