NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १६ गते

धनराजले ओलीलाई दुव्र्यवहार गरेपछि संसदमा हंगामा

काठमाडौं । सत्तापक्ष र प्रतिपक्षबीच संसदमा टकराव बढेको छ । बिहीबार संसदमा धकेलाधकेलसम्मको स्थिती आयो।

बिहीबार सभामुखले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेसका सांसदहरुले चर्काे नारा लगाए । तर, कांग्रेस सांसदहरुले रोकेर नारा लगाए । त्यही क्रममा एमाले अध्यक्ष केपी ओली उठेर हिड्न खोजे । जसक्रममा उनले नाराबाजी गरिरहेका सांसद धनराज गुरुङलाई बाटो दिन आग्रह गरे । गुरुङ आक्रोशित हुँदै ओलीलाई हेरेर थप चर्काे नारा लगाउँदै दुव्र्यवहार गरेपछि स्थिती तनावग्रस्त बनेको हो । त्यसपछि कांग्रेसकै नेताहरुले गुरुङलाई सम्हालेका थिए ।

सहकारी ठगीको विषयमा लागेको आरोपमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउनुपर्ने माग राख्दै आएका छन् । तर, कांग्रेसले संसदीय समिति नबनेसम्म बोल्न नदिने माग गरेको छ । सरकार समिति बनाउनेमा तयार भएपनि कस्तो समिति बनाउने भन्नेमा बिहीबार विवाद भएको थियो ।

यसले प्रतिपक्ष र सत्तापक्षबीचको विवाद झन् बढेको छ ।