कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको आह्वानमा राप्रपा, जसपा नेपाल, लोसपा, नेमकिपा, जनमोर्चालगायत दलका नेताहरूको बैठक बस्न लागेको हो ।
बैठक कांग्रेस संसदीय दलको बैठक सकिएलगत्तै बस्ने बताइएको छ । कांग्रेस संसदीय दलको बैठक अहिले नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी छ ।
संसदमा आफूले उठाएको मुद्दामा सहयोग माग्न कांग्रेसले बैठक आह्वान गरेको बताइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको आरोप लगाउँदै त्यसमाथि संसदीय छानबिनको माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ ।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया