कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसले प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको आह्वानमा राप्रपा, जसपा नेपाल, लोसपा, नेमकिपा, जनमोर्चालगायत दलका नेताहरूको बैठक बस्न लागेको हो ।
बैठक कांग्रेस संसदीय दलको बैठक सकिएलगत्तै बस्ने बताइएको छ । कांग्रेस संसदीय दलको बैठक अहिले नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी छ ।
संसदमा आफूले उठाएको मुद्दामा सहयोग माग्न कांग्रेसले बैठक आह्वान गरेको बताइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको आरोप लगाउँदै त्यसमाथि संसदीय छानबिनको माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ ।
ताजा अपडेट
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने


प्रतिक्रिया