NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ६ गते

नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने

काठमाडौं । नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस भएको छ । शुक्रबार बसेको बढुवा सिफारिस समितिले बढुवा सिफारिस गरेको हो ।
एसएसपीहरु कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारीकोे बढुवा सिफारिस भएको हो ।
उनीहरुमध्ये पोखरेल हालका प्रहरी महानिरीक्षककै ब्याची हुन् । उनले चैतमा अवकाश पाउनेछन्। अन्य तीन जनामध्ये एक २०८२ को कात्तिकमा प्रहरी महानिरीक्षकको दाबेदार हुनेछन् ।