NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ माघ २ गते

सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन

काठमाडौं । सहकारी ठगीका विषयमा संसदीय छानविन समिति बनाउन प्रमुख दलहरुबीच सहमति जुटेको छ । बालुवाटारमा शनिबार बसेको बैठकले सहमति गरेको हो ।
कस्तो समिति बनाउने भन्ने विषय टुंगो लगाउन कानुनमन्त्री पदम गिरी नेतृत्वमा कार्यदल बनेको छ । जसमा कांग्रेसबाट जीवन परियार, एमालेबाट महेश बर्ताैला, रास्वपाबाट शिशिर खनाल सदस्य रहेछन् ।
सहकारी ठगीमा उपप्रधानमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले छानविनका लागि संसदीय समिति माग गरी संसद अवरोध गर्दै आएको छ । सो विषयमा संसदीय समिति बनाउनेमा सहमति भएपनि समितिको कार्यादेशका विषयमा मतान्तर रहँदै आएको छ ।