श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
एजेन्सी । श्रीलंकामा आर्थिक सङ्कटका कारण स्थगित गरिएको ‘सुरक्षा’ नामक विद्यार्थी बीमा कार्यक्रम पुनः सञ्चालन गर्न आदेश दिएको राष्ट्रपतिको सञ्चार महाशाखाले आइतबार जनाएको छ ।
असारको पहिलो हप्तादेखि देशभरका सबै विद्यालयका विद्यार्थीले पुनः एकपटक यो बीमा योजनाबाट लाभ लिन सक्ने छन् । अर्थ, आर्थिक स्थायित्व र राष्ट्रिय नीतिमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्दै आएका राष्ट्रपति विक्रमासिङ्घेले शिक्षामन्त्रीसँग प्रस्तुत गरेकाे संयुक्त पत्रलाई सरकारले हालै स्वीकृत गरेको छ ।
सन् २०१७ मा लागू गरिएको ‘सुरक्षा’ बीमाको उद्देश्य स्वास्थ्य समस्याबाट प्रभावित विद्यार्थीहरूको लागि निरन्तर शिक्षा सुनिश्चित गर्नु र विद्यार्थी सुरक्षाको प्रत्याभूत गर्दै विद्यालयमा धेरैभन्दा धेरै बालबालिकाको उपस्थिति सुनिश्चित गर्नु रहेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया