संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै सहकारी ठगी प्रकरणमा आफूमाथि लागेका आरोपमा प्रष्टीकरण दिएका छन् ।
झुट्टा आरोप लगाइएको दाबी गर्दै संसदीय छानबिन समिति गठनप्रति आफ्नो आपत्ति नरहेको बताएका छन्। तर, अन्य दर्जनौं काण्डको नाम लिदै मिडियामा नाम आएकै अधारमा संसदीय समिति गठन गर्ने हो भने अन्य प्रकरणमा किन संसदीय समिति गठन नगर्ने भनेर प्रश्न समेत गरेका छन् ।
पटक पटकको आग्रहपछि विपक्षी नेपाली काँग्रेसले आइतबारको बैठकमा लामिछानेलाई सदनमा बोल्न दिएको थियो। आफुले कुनै पनि सहकारीबाट ऋण नलिएको र गोर्खा मिडियाको सञ्चालक हुँदा पनि ऋण लिनेसम्बन्धि कुनै पनि निर्णयमा हस्ताक्षर नगरेको दाबी गरे । यदी सहकारी ठगेको प्रमाणित गरे राजनीति नै छाडिदिने उनले भनाई छ ।
सम्बोधनका क्रममा ‘टेलिभिजन प्रस्तोता’को शैली देखिएको थियो । जसमा उनले विभिन्न नेतामाथि लागेका आरोपबारे प्रश्न उठाए । खासगरी गगन थापामाथि उनको आक्रोश थियो । त्रिचन्द्र क्याम्पसमा स्ववियु सभापति हुँदा पुस्तकालय निर्माणमा भ्रष्टाचारदेखि विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपछि नियुक्ति गर्दा १४ करोड घुस लिएका आरोपमाथि पनि संसदीय समिति किन नबनेको भनेर प्रश्न गरेका छन् ।
त्यस्तै चित्रबहादुर केसीको नाम नलिई उनले एउटा छोरातर्फका नातीलाई अर्काे छोरातर्फको नाती बनाएर जापान पठाएको विषयमा पनि छानविन हुनुपर्ने बताए ।
कतै प्रमाण नभएको विषयमा मिडियामा समाचार आएको भरमा संसदीय समिति बनाउने हो यसले संसदीय मर्यादा बिग्रने उनको भनाई थियो । उनले भने, “छानबिन समिति वा कुनै पनि उच्चस्तरको महाविज्ञहरू सम्मिलित समिति बनाए पनि मेरो कुनै आपत्ति छैन। मैले कुनै अपराध गरेको छैन। कुनै पनि समितिबाट कुनै पनि परीक्षाबाट भाग्ने मेरो स्वभाव होइन।”
लामिछानेले ‘व्यक्ति केन्द्रित आरोप’लाई लिएर संसदीय छानबिन समिति गठन गर्न नहुने तर्क गर्दै काम गर्न आएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई चौतर्फी घेराबन्दी गरिएको बताए।
उनले भने, “रास्वपालाई हटाएर बाँकी दलहरू बसेर कस्तो किसिमको समिति बनाउने तय गर्नुहोस। यी यस्तो समिति बनाउने भन्नुस्, म तयार छु। रास्वपा तयार छ।”
उनले फर्जी दर्खास्त प्रयोग गरी आफ्ना नाममा ऋण लिइएको उल्लेख गर्दै बारम्बार झुट्टा आरोप लगाइएपछि महान्यायाधिवक्ता कार्यालयलाई सत्य तथ्य बाहिर ल्याउन पत्राचार गरेको तर त्यसको गलत अर्थ लगाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ


प्रतिक्रिया