नेपाली सेनाका क्याप्टेन हिरासतमा

काठमाडौं । नेपाली सेनाको सैनिक प्रहरीले क्याप्टेन महेश कोइरालालाई हिरासतमा लिएको छ । अनियमितता गरेको छानविनका लागि उनलाई पक्राउ गरिएको नेपाली सेनाले जनाएको छ ।
क्याप्टेन कोइरालाले भर्नाको क्रममा आर्थिक लेनदेन गरेको प्रमाण भेटिएपछि सैनिक हिरासतमा पुगेका छन् । उनी थुनामा रहेको पुष्टि गर्दै सैनिक प्रवक्ता सहायक रथी गौरव केसीले अनुसन्धानको विस्तृत विवरण भन्न नमिल्ने बताए ।
ताजा अपडेट
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
-
रसुवा बाढीपछि गम्भीरतापूर्वक काम गर्न माओवादीद्वारा सरकारको ध्यानाकर्षण
-
एक सातामा थपिए ८६ जना डेंगु सङ्क्रमित
प्रतिक्रिया