कुरिनटारमा ट्रक र माइक्रोबस ठोक्किए, १५ जना घाइते
काठमाडौं । चितवनको कुरिटनारमा ट्रकले माइक्रोबसलाई ठक्कर दिँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये केही गम्भीर छन् ।
कुरिनटारबाट मुग्लिनतर्फ गइरहेको माइक्रोेलार्ई विपरीत दिशाबाट आइरहेको ट्रकले मंगलबार बिहान ठक्कर दिएको हो ।
इलाका प्रहरी कार्यालय, मुग्लिनले घाइतेहरूको उद्धार गरेर अस्पताल पठाइएको जनाएको छ । गम्भीर घाइते भएकालाई चितवनको पुरानो मेडिकल कलेज र सामान्य घाइतेलाई कुरिनटारको सहकारी अस्पतााल लगिएको हो ।
घटनाबारे अनुसन्धानका लागि प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया