सिन्धुपाल्चोकमा ‘आमा बचाउ’ अभियान
चौतारा । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालनमा ल्याएकोे ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् ।
अभियानअन्तर्गत सुरुमा गाउँपालिकाका हरेक वडाबाट महिला स्वयंसेविकामार्फत महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिइने स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण साहले बताए । गाउँपालिकामा शिविर सञ्चालन गरी आङ खस्ने समस्या भएकाको शल्यक्रिया गर्न बिरामी छनोट गरी काठमाडौँका विभिन्न अस्पतालसँग सहकार्य गरी निःशुल्क उपचारको व्यवस्था गरिएको उनले जानकारी दिए ।
आर्थिक स्थिति कमजोर भएका महिलालाई विशेष प्राथमिकता राख्दै गत वर्ष आङ खस्ने समस्या भएका २१ जनाको शल्यक्रिया गरिएको थियो । यसपटक १४ जनाको शल्यक्रिया गरिसकेको र चारजनाको प्रक्रियामा रहेको स्वास्थ्य शाखा प्रमुख साहले बताए ।
आर्थिक अभावका कारण उपचार गर्न नसकी कुनै पनि आमाले अकालमा ज्यान नपरोस् भन्ने उद्देश्यले ‘आमा बचाउ’ अभियान सञ्चालन गरिएको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया