NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १० गते

नेपालमा बलात्कार, रोमानियामा पक्राउ

काठमाडौं । बलात्कार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका अभियुक्तलाई रोमानियामा पक्राउ गरी नेपाल प्रहरीले स्वदेश ल्याएको छ । रामेछाप खाँडादेवी गाउँपालिका–९ बस्ने २४ वर्षीय गौरब नेपालीलाई इन्टरपोलको सहयोगमा पक्राउ गरेको हो । ।
रोमानिया प्रहरीसँगको समन्वयमा उनलाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, रामेछापले नेपालीलाई फरार अभियुक्तको रुपमा मुद्दा दायर गरिरहेको छ । उनीविरुद्ध २४ अप्रिल २०२३ मा रेड नोटिस जारी भएको थियो ।