ललितपुरमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित सडकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रदेश २–१–००२ प९१७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा जिझौली घर भई काठमाडौं कोटेश्वर बस्ने ३२ वर्षीय जयनाथ यादवको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने टिपर भागेकोमा सिसिक्यामेराको सहयोगमा बिहीबार दिउँसो चालकसहित पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया