NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २ गते

अध्यादेशको बाटोमा बजेट

काठमाडौं । बजेट ल्याउन अब चार दिन मात्र बाँकी छ । तर, राजनीतिक धुव्रीकरण झन्–झन् तिव्र हुँदै गएको छ । नेपाली कांग्रेसले संसद अवरुद्ध गरिरहँदा १५ जेठमा आउने बजेट अन्योलमा परेको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा संसदीय छानविनको माग राखी कांग्रेसले संसद अवरोध गर्दे आएको छ । संसदीय समिति बनाउन अन्य दलहरु पनि तयार भएपनि कांग्रेसले लामिछानेलाई नै केन्द्रमा राखेर अनुसन्धान गर्नुपर्ने संसदीय समितिको कार्यादेशमा राख्न माग गरेको छ । तर, एमाले र माओवादी त्यसमा कुनै हालतमा तयार छैनन् । कानुनमन्त्री पदम गिरी नेतृत्वको समितिको बैठक बिहीबार पनि कार्यादेश टुंगो लगाउन बसेकोमा दुवै पक्षको अडानपछि सम्भव भएन । जसकारण संसद अवरोध खुल्ने सम्भावना देखिएको छैन ।
आइतबार दिउँसो संसद बैठक बोालइएको छ । जून बैठक पनि अवरोध गर्ने कांग्रेसको तयारी छ । सहमतिका लागि अधिकतम प्रयास गर्ने नत्र अध्यादेशबाट बजेट ल्याउने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल थालेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष