NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

सहकारी ठगीविरुद्ध कांग्रेसले आज प्रदर्शन गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध आज काठमाडौं उपत्यकामा प्रदर्शन गर्ने भएको छ ।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णयानुसार कांग्रेसले आज प्रदर्शन गर्न लागेको हो ।

क्षेत्रगत रूपमा तयारी गरेर काठमाडौं उपत्यकामा प्रदर्शन गर्न लागिएको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेसले उपत्यकापछि प्रदेशस्तरमा पनि विरोध कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको दाबी गर्दै कांग्रेसले उनीमाथि संसदीय छानबिन हुनुपर्ने माग राखिरहेको छ । कांग्रेसले लगातार संसद अवरुद्ध पारेपछि संसदीय छानबिनको कार्यादेश टुंगो लगाउन कार्यदल गठन गरे पनि यस सम्बन्धमा अझै सहमति जुट्न सकेको छैन ।

कांग्रेसले रवि लामिछानेको नाम नै उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान राखिरहेको छ भने सत्तारुढ दलले व्यक्तिविशेषमाथि केन्द्रित नभएर समग्र सहकारी समस्याबारे छानबिन गर्नुपर्ने तर्क गर्दै आइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष