NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २७ गते

मेयर र प्रशासकीय अधिकृत भ्रष्टाचारी ठहर

काठमाडौं । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले नगरप्रमुख रामचन्द्र चौधरी र प्रशासकीय अधिकृत कृष्णप्रसाद सिग्देललाई जनही ४–४ वर्ष कैद भएको हो।
विशेषका प्रवक्ता धनबहादुर कार्कीका अनुसार सात महिनाअघि दायर मुद्दामा एक साताअघि उनीहरूलाई दोषी ठहर गरिएकोमा सोमबार सजाय सुनाइएको हो।
चन्द्रपुरका मेयर चौधरी तथा प्रशासकीय अधिकृत सिग्देललाई क्रमशः ३७ लाख ३४ हजार रुपैयाँ र २८ लाख २२ हजार रुपैयाँ जरिवाना सुनाइएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अनुसन्धानले देखाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ कात्तिक २०८० मा मुद्दा दायर गरेको थियो। आशिक कन्स्ट्रक्सनसँगको मिलेमतोमा राजस्व चुहावट गरेको अभियोगमा मेयर चौधरी दोषी ठहर भएका हुन्।

यसैगरी, उक्त कन्स्ट्रक्सनका सञ्चालक रामविनोद बरै भ्रष्टाचारका दुई मुद्दामा दोषी पाइएका थिए। उनलाई एउटा मुद्दामा चार वर्ष कैद र मेयर चौधरीबराबर नै जरिवाना हुने भएको छ भने अर्को मुद्दामा पनि उति नै कैद र २८ लाख २२ हजार जरिवानाको सजाय सुनाइएको छ।

ताजा अपडेट

नेपालवाच विशेष