सहकारीपीडितको बचत रकम फिर्ता हुनुपर्छ : सांसद थापा

काठमाडौँ, । प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले सहकारीपीडितको बचत रकम फिर्ता हुनुपर्ने बताएका छन् ।
आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको प्रतिनिधिसभा बैठकमा सहकारीका बचतकर्ताले आफ्नो रकम फिर्ता पाउनुपर्ने उल्लेख गरे ।
यही जेठ १५ गते बनेको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सङ्कटमा परेका सहकारीका विषयमा अध्ययन गर्नुपर्ने र राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन गर्नुपर्ने सांसद थापाले सुझाव दिए । “यहाँ बहुसङ्ख्यक सहकारीले राम्रो काम गरिरहेका छन्, केही सहकारीले ठगी गरिरहेका छन् । राम्रो काम गर्नेलाई प्रोत्साहन र ठगी गर्नेलाई समितिले कारबाहीको दायरामा ल्याउन सकोस्”, उनले भने, “सहकारीपीडित बचत रकम फिर्ताको माग गर्दै आन्दोलनरत छन् । उनीहरुलाई संसदीय छानबिन समितिले न्याय दिनुपर्छ ।”
गोरखा मिडियाबाट सहकारीको रकम हिनामिना भएको विषय उठिरहेको उल्लेख गर्दै सांसद थापाले यस विषयमा छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरे ।
ताजा अपडेट
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
-
बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार
प्रतिक्रिया