घट्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजारले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ४२ हजारमा कारोबार भएकामा आजका सोही परिमाणको सुनको मोल रु एक लाख ४१ हजार निर्धारण भएको छ ।
यसैगरी, तेजाबी सुन आइतबार प्रतितोला रु एक लाख ४१ हजार तीन सयमा कारोबार भएकामा आज त्यति नै परिमाणको सुनको मूल्य रु एक लाख ४० हजार तीन सय निर्धारण भएको छ ।
महासङ्घले चाँदीको मूल्य तोलामा रु १५ ले घटेको बताएको छ । आइतबार प्रतितोला रु एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आज रु एक हजार आठ सय ३५ मा खरिदबिक्री हुँदैछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया