फेरि बढ्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला रु एक हजार आठ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु एक लाख ४४ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजार दुई सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ४१ हजार पाँच सयमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य आज रु एक लाख ४३ हजार तीन सय निर्धारण गरिएको छ ।
त्यस्तै चाँदीको मूल्य आज रु एक हजार आठ सय ५० निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला रु एक हजार आठ सय २५ रहेको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया