वीर अस्पतालका निर्देशकमाथि अख्तियारमा उजुरी

काठमाडौं । वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलमाथि अख्तियारमा उजुरी परेको छ ।
डा.पौडेलले नियमविपरीत औषधि पसल दर्ता गरि गरेर सञ्चालन गरेको भन्दै छानबिन गरी कारवाही गर्न वीर अस्पतालकै कर्मचारीले प्रधानमन्त्रीको कार्यालय, अख्तियार आयोग, सर्तकता केन्द्र र स्वास्थ्य मन्त्रालयलाई माग गरेका छन् ।
निर्देशक पौडेलले नेपाल सरकारको कर्मचारी तथा वीर अस्पताल को निर्देशक जस्तो जिम्मेवार पदमा बसेर स्वास्थ्य सम्मन्धि व्यापार ब्यवासाय, कम्पनी दर्ता गरि सन्चालन गर्नु गैरकानूनी रहेको निवदनमा उल्लेख गरिएको छ ।
यस्ताे छ निवेदन :
”डा सन्तोष पौडेल अल्का हस्पिटल फार्मेसी प्रा लि को शेयर सदस्य र सञ्चालक र अध्यक्ष रहेको छन (प्रा .लि दर्ता. न २४८७८२/०७७/०७८० कम्पनी रजिस्ट्रार कार्यालय लाई २०७९/९/१ गते सञ्चालक र अध्यक्ष को रुपमा बुझाएको प्रमाणित कागजपत्र मा कास्की जिल्ला अन्नपूर्ण गांउपालिका वडा न ३ का पुन्य प्रसाद पौडेल का छोरा श्री सन्तोष पौडेल (ना. प्र .न १०६६२८ जि . प्र . का. कास्की) ले अल्का हस्पिटल फार्मेसीमा शेयर संख्या कित्ता न ३७००१ देखि ७४००० सम्म जम्मा ३७००० कित्ता शेयर रहेको जसको रकम ३७००००० लाख रहेको छ ।
पुन कम्पनी रजिस्ट्रार कार्यालय लाई मिति २०८०र०५/१४ गते अध्यक्ष को रुपमा हस्ताक्षर सहित पेस गरेको शेयर लागत मा सन्तोष पौडेलको शेयर कित्ता नम्बर देखि ३७००१ र १७४००१ सम्म ७४०००/२४८००० जम्मा ३७००००० (मिति २०७९/९/१मा) ७४००००० ९ मिति २०८०/५/११० रहेको देखिन्छ ।
मिति २०७९/९/२८ गते को बैठक मा पनि उहाको नाम रहेको छ सञ्चालक र शेयरधनी को रुपमा छ । सोही बैठकले अल्का हस्पिटल फार्मेसी प्रा लि ले कम्पनि रजिस्ट्रारको कार्यालयमा पेश गर्नुपर्ने कम्पनी ऐन २०६३ को दफा ५१.३ बमोजिमको बिवरणमा बहालवाला सञ्चालकको नाम ठेगानामा श्री सन्तोष पौडेल संञ्चालक र शेयरधनि , ठेगाना स् कास्की जिल्ला अन्नपूर्ण गाउपालिका वडा न ३ भनी प्रमाणित पत्र कम्पनी रजिस्ट्रार को कार्यालय मा बुझाएको छ । मिति २०७९/०८/२८ गते अल्का फार्मेसी ले कम्पनी ऐन २०६३ को २ (१) संग सम्बन्धित विवरणमा पेश गर्ने विवरण मा १ न मा श्री सन्तोष पौडेल नाम संञ्चालक र शेयरधनी को रुपमा र उनकै ठेगान उल्लेख छ ।
मिति २०८०/९/६ गते फार्मेसी प्रा लि को संचालक समितको बैठक प्रा लि का अध्यक्ष सन्तोष पौडेल को अध्यक्षता मा बसेको र विभित्र निर्णय भएको देखिन्छ । मिति २०८०/९/२६ गते अल्का हस्पिटल फार्मेसी प्रा लि को बार्षिक साधारण सभा को विवरण प्रा लि का अध्यक्ष श्री सन्तोष पौडेल को अध्यक्षतामा कम्पनी रजिस्ट्रार कार्यालयमा बसि विभिन्न निर्णय गरेको देखिन्छ । र निर्णयमा सन्तोष पौडेलले प्रमाणित गरेका छन ।
सोही मितिमा कम्पनी ऐन २०६३ को दफा ५१।२ संग सम्बन्धित प्रतिवेदन ,रजिस्ट्रार कार्यालयमा बुझाउदा विभिन्न विवरण पेश गरेका छ जसको ११ नम्बरमा वहनलवाला सञ्चालक को नाम र ठेगाना उल्लेख छ जसमा तीन जना सन्चालक रहेको देखिन्छ जसको २ नम्बर मा सन्तोष पौडेल को नाम र ठेगाना छ सो पत्र प्रमाणित सन्तोष पौडेलले नै गरेको देखिन्छ सोही मिति मा अल्का फार्मेसी को बार्षिक साधारणसभा अभिलेख अध्याबधिक गरि पाउ भनी आवश्यक कागजात राखि कम्पनी रजिस्ट्रार कार्यालय को रजिस्टार को नाममा कम्पनी रजिस्ट्रार कार्यालय त्रिपुरेश्वर काठमाडौ मा निवेदन दिएको छ जसमा अध्यक्ष सन्तोष पौडेलले हस्ताक्षर गरेको छ यी यावत प्रमाण हरु देखिएकाले डा पौडेलले गैरकानुनी रुपमा सरकारि कर्मचारी र अस्पताल प्रमुखले गर्ने नहुने काम गरेकाले तत्काल निलम्बन गरि छानबिन र कारवाहि को लाई अनुरोध गर्दछौ ।’ निवेदनमा उल्लेख छ ।
प्रतिक्रिया