टेक्सासमा रक्तदान कार्यक्रम
काठमाडौं । यस वर्षको विश्व रक्तदाता दिवस शनिबार अमेरिकाको टेक्सासमा रक्तदान कार्यक्रम गरी मनाइएको छ ।
हरेक वर्ष जुन १४ तारिखको दिन मनाइने विश्व रक्तदाता दिवसका अवसरमा ब्लड डोनर्स अफ अमेरिकाको टेक्सास च्याप्टरले नेपाली समुदायका दुई छुट्टाछुट्टै संस्थासँग मिलेर रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
ब्लड डोनर्स अफ अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष अजय बगालेका अनुसार ‘वाको नेपाली समाज’सँगको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २२ र ‘लबक नेपाली समाज’सँगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा छजनाले रक्तदान गरेका थिए ।
उक्त रक्तदान कार्यक्रमका लागि कार्टर ब्लड केयर नामक ब्लड बैङ्कले बस तथा दक्ष जनशक्ति उपलब्ध गराएको थियो । रक्तदान गर्नका लागि स्वास्थ्य परीक्षण तथा निश्चित मापदण्ड पूरा गर्नुपर्ने भएकाले योग्य व्यक्तिहरुले मात्र रक्तदान गर्न पाउँछन् । अमेरिकी समुदायमा रगतको अभाव हुन नदिन ब्लड डोनर्स अफ अमेरिका टेक्सास च्याप्टरले नेपाली समुदायका तर्फबाट योगदान पु-याउँदै आएको अध्यक्ष बगालेले बताए ।
‘२० वर्षको उत्सवमा, धन्यवाद रक्तदाताहरु’ भन्ने नाराका साथ आज टेक्सासको ड्यालसमा रहेका नेपाली समुदायबीच बृहत् अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको ब्लड डोनर्स अफ अमेरिका टेक्सास च्याप्टरले जनाएको छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया