ललितपुरको दुर्घटनामा स्कुटर चालकको मृत्यु

काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको दुर्घटनामा एकको मृत्यु भएको छ । ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बा ८३ प ८१७८ नम्बरको स्कुटर चालक सिन्धुली तिनपाटन घर भएका ३५ वर्षीय रमेश कुमार पाण्डे छन् ।
कोटेश्वरबाट ग्वार्को तर्फ जाँदै गरेको प्रदेश–२–०३–००१ ख ५३५७ नम्बरको ट्रकले सोही दिशामा जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको हो । ट्रक चालक धादिङ धुनिबेसी नगरपालिका घर भएका ४३ वर्षीय विशाल राईलाई प्रहरी वृत सातदोवाटोले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया