सुदर्शन देवकोटा चौंथो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार रामप्रसाद न्यौपानेलाई

काठमाडौं । सुदर्शन देवकोटा चौंथो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट रामप्रसाद न्यौपाने सम्मानित भएका छन् ।
शनिबार राजधानीमा एक कार्यक्रमकाबीच न्यौपानेलाई उक्त पुरस्कारबाट सम्मान गरिएको हो । स्वास्थ्य पत्रकार मञ्च नेपारल र शारदा–सुदर्शन देवकोटा फाउण्डेशनको सहकार्यमा प्रदान गरिँदै आएको पुरस्कार यो पटक न्यौपानेलाई प्रदान गरिएको हो ।
राजधानीमा आयोजित कार्यक्रममा न्यौपानेलाई कोशी प्रदेशका निवर्तमान मुख्य मन्त्री केदार कार्की, फाउण्डेशनकी अध्यक्ष डा.सुधा देवकोटा र पत्रकार मञ्चका अध्यक्ष सराेज ढुंगेलले उक्त पुरस्कार हस्तान्तरण गरेका थिए । न्यौपानैलेलाई ३३ हजार ३३३ रुपैयाँ राशी र प्रमाणपत्रसहित सम्मान गरिएको हाे।
पुरस्कार हस्तान्तरणपछि स्वास्थ्य पत्रकार मञ्चका पूर्व अध्यक्षसमेत रहेका न्यौपानेले १४ वर्ष पत्रकारिताकाे दोरान निकै सम्मान पाए पनि पुरस्कार भने पहिलो पटक लिएको बताउँदै यसले आफूलाई थप जिम्मेवार र उर्जाशील बनाएको बताए ।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले याे पुरस्कारबाट स्वास्थ्यका व्यक्ति पुरस्कृत गर्न पाउनु अहोभाग्य भएको बताए । डाक्टरको एउटा औषधिले एउटा व्यक्तिको ठिक भए पनि स्वास्थ्य पत्रकारले लेखेको एउटा समाचारको शब्दले धेरैको स्वास्थ्यमा प्रभाव पार्ने उनकाे भनाइ थियाे ।
उनले पुरस्कृत न्यौपालेलाई बधाइ दिदै पुरस्कारले थप जिम्मेवारी थपिएको बताए । कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष डा सुधा देवकोटाले आफ्नो पिता पत्रकार भएकाले यो पेशाको महत्व बुझेर बुबाको सम्झनामा यस पुरस्कारको स्थापना गरेको बताइन् ।
कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले पत्रकारले लेखेको एक/दुई वाक्यले जनता सुसूचित हुन ठुलो प्रभाव पर्ने भन्दै फाउण्डेशनसँगको सहकार्यले स्वास्थ्य पत्रकारलाई थप प्रोत्साहन मिल्ने बताए ।
कार्यक्रममा कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्की, फाउण्डेशनकी अध्यक्ष डा सुधा देवकोटा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति प्राडा संगिता भण्डारी, गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष रोजिना प्रधान राई र स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुंगेलको प्रमुख अध्यक्षता थियो ।
प्रतिक्रिया