कालिकामा छ हजार पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइँदै
नारायणगढ । चितवनको कालिका नगरपालिकामा भएका पशुलाई लम्पी स्किन विरुद्धको निःशुल्क खोप लगाउन सुरु गरिएको छ ।
चालु आर्थिक वर्षको सुरुआतामा जिल्लामा महामारीका रुपमा फैलिएको लम्पी स्किनको सङ्क्रमण आगामी आवमा नफैलियोस् भन्ने उद्देश्यले आइतबारदेखि अभियान सञ्चालन गरेर खोप लागाउन सुरु गरिएको हो ।
नगरपालिकाका पशु सेवा शाखाका अधिकृत ईश्वरीप्रसाद पौडेलका अनुसार यो अभियानमा पालिकामा भएका गाईभैँसीसहित करिब छ हजार पशुलाई खोप लगाइने छ । गत साउन २५ देखि भदौ १५ गतेसम्म पनि खोप अभियान सञ्चालन गरिएको थियो ।
नगरभित्रका पाँच हजार आठ सय पशुलाई केही महिनाअघि खोरेत विरुद्घको खोप र बाख्रालाई पिपिआर विरुद्धको खोप लगाइसकिएको पौडेलले जानकारी दिए । कालिकामा किसानको गोठगोठमा पुगेर अन्य समयमा पनि पशुको अवस्थाबारे जानकारी लिँदै आइएको उनले बताए ।
किसानका गोठगोठ पुगेर पालिकाका ११ वटा वडामा एकै साथ लम्पी स्किन विरुद्धको खोप अभियान सञ्चालन गरिएको पशु सेवा शाखाका अधिकृत पौडेलले जानकारी दिए । उनका अनुसार अभियानका लागि पशु सेवा कार्यालय चितवनबाट प्राविधिकसहित दुई हजार पाँच सय मात्रा खोप प्राप्त भएको र बाँकी खोप र प्राविधिक नगरपालिकामार्फत व्यववस्थापन गरिएको छ ।
अभियानमा पालिकाभित्र रहेका दुग्ध उत्पादक सहकारीको साथ र सहयोग रहेको पौडेलको भनाइ छ ।
“नगरका तर्फबाट १२ जना प्राविधिक खटाएका छौँ । यहाँका सहकारी र स्थानीय पनि आवश्यक सहयोग गरेकाले खोप अभियान सञ्चालन गर्न सहज भएको छ । किसानको गोठमै पुगेर खोप लगाइरहेका छौँ”, उनले भने । अभियान एक सातासम्म सञ्चालन हुने उनले जानकारी दिए ।
पौडेलका अनुसार चालु आवको सुरुमा कालिकामा लम्पी स्किनको सङ्क्रमणबाट १५ वटा पशु मरेका थिए । कूल पशुको सात प्रतिशतमा यसको सङ्क्रमण भएकोे थियो ।
“गत साउनमा बेलैमा खोप अभियान थाल्दा धेरै पशुको क्षति हुन पाएको थिएन”, उनले भने, “यस वर्ष सङ्क्रमण हुनुअघि नै खोप लगाउँदा सङ्क्रमणको जोखिम कम गर्न सकिने विश्वास लिएका छौँ ।”
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया