NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १५ गते

एक खेलअगावै अर्जेन्टिना कोपा अमेरिकाको नकआउट चरणमा

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को नकआउट चरणको यात्रा तय गरेको छ ।

बुधबार बिहान सम्पन्न खेलमा चिलीलाई १–० गोलान्तरमा हराउँदै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन लाउटारो मार्टिनेजले निर्णायक गोल गरे । निकै नै प्रतिस्पर्धात्मक खेलको ८८औं मिनेटमा उनले अर्जेन्टिनाका लागि गोल गरेका हुन् ।

समूह ‘ए’मा रहेको अर्जेन्टिनाले दुई खेलमा जित निकाल्दै ६ अंक बनाएर नकआउट चरण यात्रा तय गरे पनि अर्को खेल पेरुसँग खेल्नेछ । यसअघि सम्पन्न पहिलो खेलमा उसले क्यानडालाई पराजित गरेको थियो ।

 

ताजा अपडेट

नेपालवाच विशेष