एकीकृत समाजवादीको महाधिवेशन आजदेखि, चुन्नेछ नयाँ नेतृत्व
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन आजबाट सुरु हुँदैछ ।
असार १६ देखि २० गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन अहिले बिहान ११ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुनेछ ।
एमालेबाट अलग भएर माधवकुमार नेपालको समूहले एकीकृत समाजवादी जन्माएपछि पहिलो पटक महाधिवेशन हुन लागेको हो । नेता तथा कार्यकर्ता एमाले हुँदै आएकाले एकीकृत समाजवादीले यसलाई १०औं महाधिवेशन भनेको छ ।
महाधिवेशनले नीति तथा कार्यक्रम पारित गर्नुका साथै नयाँ नेतृत्वसमेत चयन गर्नेछ । अध्यक्षमा माधवकुमार नेपाल र घनश्याम भुसालले आकांक्षा देखाएका छन् । सैद्धान्तिक एवं वैचारिक नेता भुसाललाई पार्टीका सम्मानित नेता झलनाथ खनालको समेत साथ रहेको बताइन्छ ।
महाधिवेशनमा ७७ वटै जिल्ला र विभिन्न संगठनबाट १ हजार ८ सय प्रतिनिधि सहभागी हुनेछन् । यिनै प्रतिनिधिले आफ्नो मतादेशमार्फत अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ केन्द्रीय सदस्य छनोट गर्नेछन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया