नयाँ सरकारमा एकीकृत समाजवादी सहभागी नहुने
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अब बन्ने नयाँ सरकारमा सहभागी नहुने भएको छ । सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्ने नेता मेटमणि चौधरीले राससलाई जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्ने पार्टीले आफ्ना सांसदलाई सरकारको पक्षमा मतदान गर्न निर्देशन दिएको छ ।
वर्तमान सरकारमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी नेपाललगायत केही दल सरकारबाट बाहिरिएपछि दाहाल नेतृत्वको सरकार अल्पमतमा परेकाले आज संसद्बाट विश्वासको मत लिने कार्यतालिका छ ।
वामपन्थी शक्तिको एकतालाई जोड दिएर समाजवादी मोर्चामा आबद्ध सो पार्टीको प्रतिनिधिसभामा १० सिट तथा राष्ट्रियसभामा आठ सिट छ । पार्टीको तर्फबाट वर्तमान मन्त्रिपरिषद्मा दुई मन्त्री तथा सुदूरपश्चिम प्रदेशको नेतृत्व गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया