गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतलाई भ्रष्टाचारमा ६ महिना कैद

काठमाडौं । भ्रष्टाचार मुद्दामा हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्षसमेत ६ जना दोषी ठहर भएका छन् । बिशेष अदालतले गाउँपालिका अध्यक्ष धनलाल चौलागाईं, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली र सबइन्जिनियर अजबहादुर बुढालाई दोषी ठहर गरेको हो । चारैजनालाई ६ महिना कैद र एक लाख ७१ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ।
चंखेली गाउँपालिका वडा नं. ३ का अध्यक्ष शालिग्राम ऐडी र उपभोक्ता समितिका अध्यक्ष हंशबहादुर ऐडी पनि दोषी ठहर भएका छन् । उनीहरूलाई जनही ३–३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने भएको छ।
उक्त गाउँपालिको वडा नं. ३ स्थित मेलादेखि बासलधारासम्मको बाटो निर्माण योजनामा अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो ।
प्रतिक्रिया