सुन प्रतितोला नौ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु नौ सयले वृद्धि भएको छ । आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो ।
सोमबार प्रतितोला रु एक लाख ४६ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४७ हजार आठ सय निर्धारण भएको छ ।
यस्तै, सोमबार प्रतितोला रु एक लाख ४६ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४७ हजार एक सय निर्धारण भएको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । सोमबार प्रतितोला रु एक हजार आठ सय ८५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ७५ निर्धारण भएको छ ।
ताजा अपडेट
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
-
आज संघीय संसदका दुवै सदनको बैठक बस्दै
प्रतिक्रिया