एक भारतीयसहित ४ कम्पनी कालोसूचीमा
काठमाडौं । एक भारतीयसहित चार निर्माण तथा आपूर्ति कम्पनी सरकारको कालोसूचीमा परेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसका आधारमा यी निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको हो । यी कम्पनीलाई एक वर्ष ६ महिनादेखि अधिकतम २ वर्षसम्म कालोसूचीमा राखिएको छ ।
कालोसूचीमा परेका कम्पनीहरूमा बिएस कन्स्ट्रक्सन, दीपायल, भैरव निर्माण सेवा जे.भी, डोटी रहेका छन् । सडक विभाग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सुर्खेतको सिफारिसमा यी कम्पनीलाई तीन वर्ष ६ महिना कालोसूचीमा राख्ने निर्णय गरिएको छ ।
भारतीय कम्पनी भटिन्डा सेरामिक्स प्राइभेट लिमिटेडलाई नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा एक वर्ष ६ महिना कालोसूचीमा राखिएको छ ।
गुराँस गाउँपालिका, दैलेखको सिफारिसमा मस्टा जेबिडी कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालिलाई कार्यालयले एक वर्ष ६ महिना कालोसूचीमा राखेको छ ।
विभिन्न सार्वजनिक निकायले यी कम्पनीलाई कालोसूचीमा राख्न लेखी पठाएकालेसाउन १ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
अब यी कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउँदैनन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए



प्रतिक्रिया