झापाको पुँजीगत खर्च ८७ प्रतिशत

भद्रपुर (झापा) । गत आर्थिक वर्ष २०८०र०८१ मा झापाको पुँजीगतर्फ चार अर्व ८० करोड २३ लाख ५४ हजार चार सय १३ रुपयाँ खर्च भएको छ । उक्त खर्च पुँजीगतका लागि विनियोजित बजेटको ८७ दशमलव ०१ प्रतिशत हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीकानुसार जिल्लाको पुँजीगततर्फ रु पाँच अर्ब ५१ करोड ९१ लाख ६८ हजार चार सय १७ विनियोजन भएको थियो ।
“चालुतर्फको विनियोजित रु १५ अर्ब ४९ करोड ३५ लाख ७५ हजार २० मध्ये ९७ दशमलव ३० अर्थात रु १५ अर्ब सात करोड ५६ लाख ५५ हजार सात सय ९९ खर्च भएको छ” उनले भने ।
समग्रमा झापामा गत वर्षका लागि विनियोजित बजेटको ९४ दशमलव ६० अर्थात १९ अर्व ८७ करोड ८० लाख १० हजार दुई सय १२ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय झापाले जनाएको छ ।
यहाँ गत आव २०८०/०८१ म रु १९ अर्ब ४८ करोड २८ लाख ८६ हजार नौ सय १८ राजश्व सङ्कलन भएको छ । सबैभन्दा धेरै मेची भन्सार कार्यालय काँकरभिट्टाबाट रु १४ अर्ब २३ करोड १३ लाख ८३ हजार नौ सय ९० रहेको संकलन भएको हो ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया