NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ माघ ६ गते

हलचोक पुगेर गृहमन्त्री लेखकले भने–सशस्त्र प्रहरीसँग मेरो पुरानो साइनो छ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरीसँग आफ्नो पुरानो साइनो भएको बताएका छन् । सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकमा निरीक्षणका लागि पुगेका गृहमन्त्री लेखकले २३ बर्षअघि सशस्त्र प्रहरी बलको जन्म अध्यादेशबाट भएको स्मरण गर्दै गृहमन्त्री लेखकले उक्त अध्यादेश संसदबाट पारित भएको र त्यसमा आफु समेत संलग्न रहेको बताए ।

सशस्त्र प्रहरी स्थापनाबारे अध्ययन गर्न सुवासचन्द्र नेम्वाङको नेतृत्वमा बनेको समितिमा कांग्रेसबाट सदस्यका रुपमा सहभागी भएर काम गरेको उनले सम्झिए । “सशस्त्र प्रहरीको स्थापना भएको केही समयपछि देशमा द्वन्द सुरु हुँदा सशस्त्र प्रहरीले प्रमुख भूमिका मुख्य रह्यो । नेपालको सुरक्षा बलको शक्तिले शान्ति सम्झौता भयो । सबैभन्दा पछि जन्मको संगठनले सबैभन्दा धैरे योगदान गर्याे,“ गृहमन्त्री लेखकले भने ।

सशस्त्र प्रहरी बलको सुदृढीकरण र वृद्ध विकासका लागि गृह मन्त्रालय साथमा रहने पनि उनले बताए । ‘राजश्व चुहावट रोक्न यहाँहरुको ठूलो योग्दान छ । प्राकृतिक प्रकोप सशस्त्र प्रहरीको भूमिका प्रशंसा गर्न लायक छ ।
स्रोत र साधानको अभाव छ । मन्त्रालयले बढी बढी भन्दा स्रोत साधान व्यवस्था गर्न लागिपरेको छ । मित्र राष्ट्रका जिम्मेवार व्यक्तिसँग कुराकानी भएको छ,’ उनले भने ।

यस्तै सरकारको अहिलेको प्राथमिकता सुरक्षा निकायका कानुनलाई समसमायिक संशोधन गर्ने रहेको गृहमन्त्री लेखकको भनाइ छ ।
निरीक्षण कार्यक्रममा गृह सचिव एक नारायण अर्यालले सशस्त्र प्रहरी बल नेपालको साथमा गृह मन्त्रालय साथमा रहने बताए । उनले भने “सशस्त्र प्रहरी बल नेपालको कानुन छिट्टै संसदमा पेस हुन्छ । सीमित साधान र स्रोतका बिचमा सशस्त्र प्रहरी बलले सीमा सुरक्षामा तदारुकता देखाएको छ । आन्तरिक र बाह्य चुनौति छन् । यसमा उच्च मनोबलका साथ काम गर्नु हुने छ ।’

अहिले विपतको समय भएको भन्दै सशस्त्र प्रहरीलाई दुई महिना बढी खट्नु आग्रह गरे । सशस्त्र प्रहरीका लागि भारत, चीन र अमेरिकाबाट उच्च तहको प्रविधि आउने काम भइरहेको बताउनु भयो । सचिव अर्यालले संगठनलाई बदनाम गराउने क्रियाकलाप नगर्न भन्दै सुरक्षा निकायमा चेन अफ कमान्डलाई फलो गर्नुपर्नेमा जोड दिए । “सशस्त्र प्रहरीको फुलीको गौरव राखी जनताको सुरक्षा गर्नु होला,“ उनले भने ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी आफ्नो काममार्लत जन–मनमा बस्न सफल भएको भएको बताए । सरकारले आफूहरूप्रति राखेको विश्वासलाई काम राखेर काम गर्ने उनको भनाइ थियो । सीमा सुरक्षा बलसँग सम्बन्धि कानुनमा सुधारको आवश्यकता उनले औंल्याए ।

ताजा अपडेट

नेपालवाच विशेष