ओलीले पाए विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् ।
उनले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १८८ मत प्राप्त गरे । उनले राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख देवेन्द्र घिमिरेले जानकारी दिएका हुन् ।
आज प्रधानमन्त्रीले विश्वासको मत माग्दा प्रतिनिधिसभाका २६३ सदस्य उपस्थित थिए । गत असार १७ मा नेकपा माओवादीसँगको सहकार्य तोडेर नेपाली कांग्रेससँग नयाँ गठबन्धन गरेसँगै ओली चौथो पटक प्रधानमन्त्री नियुक्त भएका हुन् ।
नयाँ समीकरण बनेसँगै असार २८ मा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादीका ३२, रास्वपाका २१ र नेकपा एसका १० सांसदकोमात्रै विश्वासको मत प्राप्त गरेपछि उनी पदमुक्त भएका थिए । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया