ओलीले पाए विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् ।
उनले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १८८ मत प्राप्त गरे । उनले राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख देवेन्द्र घिमिरेले जानकारी दिएका हुन् ।
आज प्रधानमन्त्रीले विश्वासको मत माग्दा प्रतिनिधिसभाका २६३ सदस्य उपस्थित थिए । गत असार १७ मा नेकपा माओवादीसँगको सहकार्य तोडेर नेपाली कांग्रेससँग नयाँ गठबन्धन गरेसँगै ओली चौथो पटक प्रधानमन्त्री नियुक्त भएका हुन् ।
नयाँ समीकरण बनेसँगै असार २८ मा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादीका ३२, रास्वपाका २१ र नेकपा एसका १० सांसदकोमात्रै विश्वासको मत प्राप्त गरेपछि उनी पदमुक्त भएका थिए । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया