फिस्लिङमा पहिरो खस्यो, मुग्लिन–काठमाडौं सडक अवरुद्ध
काठमाडौं । मुग्लिन–काठमाडौं सडक अवरुद्ध बनेको छ । चितवनको फिस्लिङमा लेदो माटोसहितको पहिरो खसेपछि सोमबार बिहानदेखि यो सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो ।
इलाका प्रहरी कार्यालय, मुग्लिनले बिहान साढे ५ बजे पहिरो खसेको र त्यसलाई पन्छाएर सडक सञ्चालनको प्रयास भइरहेको जनाएको छ ।
सडक पूर्ण रूपमा अवरुद्ध बनेपछि दुवैतिर सवारीसाधनका लामो लाइन लागेका छन् । प्रहरीका अनुसार, अहिलेकै अवस्थामा सडक खुल्न कम्तीमा दुई घण्टा लाग्छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया