फिस्लिङमा पहिरो खस्यो, मुग्लिन–काठमाडौं सडक अवरुद्ध
काठमाडौं । मुग्लिन–काठमाडौं सडक अवरुद्ध बनेको छ । चितवनको फिस्लिङमा लेदो माटोसहितको पहिरो खसेपछि सोमबार बिहानदेखि यो सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो ।
इलाका प्रहरी कार्यालय, मुग्लिनले बिहान साढे ५ बजे पहिरो खसेको र त्यसलाई पन्छाएर सडक सञ्चालनको प्रयास भइरहेको जनाएको छ ।
सडक पूर्ण रूपमा अवरुद्ध बनेपछि दुवैतिर सवारीसाधनका लामो लाइन लागेका छन् । प्रहरीका अनुसार, अहिलेकै अवस्थामा सडक खुल्न कम्तीमा दुई घण्टा लाग्छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया